• १ फाल्गुन २०८१, बिहीबार

दर्ता नगरिएको दुई अस्पतालमा महानगर प्रहरीको टोलीले लगायो ताला

काठमाडौं महानगरपालिकाले दर्ता नगरी सञ्चालित दुई अस्पतालमा ताला लगाएको छ। बौद्धस्थित चाइनिज पिपल्स हस्पिटल प्रालि र कोटेश्वरस्थित हाम्राे सहयात्री अस्पताल एण्ड वर्थिङ सेन्टरमा महानगर प्रहरीको टोलीले ताला लगाएको हो।
चाइनिज पिपल्स हस्पिटल सन् २००८ देखि नै दर्ता विना सञ्चालनमा रहेको बताइएको छ। पटकपटक निर्देशन दिँदा पनि नियममा आउन नमानेपछि यी अस्पतालमा ताला लगाएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।

‘पटक(पटक निर्देशन दिँदा पनि नियममा आउन नमानेपछि ताला लगाएका हौँ। अब नियममा नआई सञ्चालन हुन पाउँदैन,’ नगर प्रहरी प्रमुख पाण्डेले भने ।





प्रतिक्रिया दिनुहोस्