नुवाकोट । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ । पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढेर आएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।
आइओसीले हरेक महिनाको १ र १६ तारिखमा मुल्य सूची पठाउँदै आएको छ । एक तारिकमा सबैको मुल्यसूची आउने भएपनि १६ तारिकमा भने पेट्रोल र डिजेलको मात्र मूल्य समायोजन भएर आउने गरेको छ ।
हाल निगमले उपभोक्तालाई डिजेल १५५ रुपैयाँमा र पेट्रोल प्रतिलिटर १७५ रुपैयाँमानबिक्री गर्दै आएको छ।