नुवाकोट । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल सवार गाडी दुर्घटनामा परेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार उनी सवार से १ झ २६० नम्बरको गाडी दुर्घटनामा परेको हो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले आयोजना गरेको अन्तर जिल्ला सुरक्षा सम्मेलनमा सहभागी हुन बुधबार सुर्खेत पुगेका कटेल सुर्खेतबाट फर्किदा गाडी सुर्खेत र नेपालगञ्जको सीमा क्षेत्रमा कैलालीका सिडिओ सवार गाडी सुर्खेतबाट फर्किदा दुर्घटनामा परेको हो ।
दुर्घटनामा कसैलाई चोटपटक नलागेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए । गाडी भने क्षतिग्रस्त भएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । सुर्खेतसँग सीमाना जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरूको सम्मेलनमा सहभागिता रहेको थियो ।