• १ माघ २०८१, मंगलवार

सिलवालले गरे मृत्युपश्चात काजक्रियामा आवश्यक सामाग्री सहयोग

नुवाकोट । परोपकारको नयाँ स्वरूपसहित मृत्युपश्चात काजक्रियामा आवश्यक सामाग्री सहयोग गरिएको छ ।
शनिबार एक कार्यक्रमका बीचमा लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठको उपस्थितिमा लिखु गाउँपालिका ७६ वर्षिया ईश्वरदास सिलवालले वडा नं ४ स्थित बाहुन चौतारामा राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष एकबहादुर खत्री क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।

सिलवाल साविक मदानपुर गाविस हाल काठमाण्डौ निवासी हुन् । उनले सहयोग गरिएको सामाग्रीमा किरिया पुत्रीलाई चाहिने झारी २ थान, शङख-२ थान, ग्यास चुलो सेट-२ थान, राडी २ थान, मण्डी-२ थान लगायतका सामाग्री रहेको छ ।
आफुले सामाजिक वृद्धभत्ता र सन्तानले दिएको केहि रकम जोगाएर उक्त सामाग्री सहयोग गरिएको सिलवालले बताए ।
यसघि सिलवालले गुरुकुल, विद्यालयहरुमा पोशाक तथा शैक्षिक सामाग्री र खाद्यान्न वितरण गरेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्