• ९ माघ २०८१, बुधबार

रसुवाबाट श्रम स्वीकृतिमा विदेश जानेको सङ्ख्या यसप्रकार छ

रसुवाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दुई हजार तीन सय दुईजना रहेको छ । तथ्याङ्क कार्यालय नुवाकोटले राष्ट्रिय जनगणना २०७८ को रसुवाको सार्वजनिक तथ्याङ्क अनुसार रसुवाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दुई हजार तीन सय दुईजना रहेको छ ।
जनसङ्ख्या कम भएकाले होला रसुवाबाट विदेशमा बस्नेको सङ्ख्या दई हजार तीन ु सय दुईजना रहेको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये पुरुष एक हजार तीन सय २९ जना र नौ सय ७३ जना महिला रहेका छन् । अन्य जिल्लाको तुलनामा रसुवाबाट विदेश जानेको सङ्ख्या कम देखिएको छ ।

सार्वजनिक गरिएको नतिजाअनसार जिल्लामा महिलाको सङ्ख्या २२ हजार ६ सय ५४ र पुरुषको सङ्ख्या २४ हजार ३५ गरी कुल जनसङ्ख्या ४६ हजार ६ सय ८९ रहेको छ । करिब १५१२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको रसुवा जिल्लाको जनघनत्व ३० प्रति वर्ग किलोमिटर रहेको छ । जनसङ्ख्या वृद्धिदर ०.७२ प्रतिवर्ष छ ।
जिल्ला छोडी नेपालकै अन्य ठाउँमा बस्ने चार हजार आठ सय ३६ जना रहेका छन् । जिल्लामा एक हजार दुई सय ९३ जना विभिन्न किसिमको अपाङ्गता रहेका छन् । ६९.६० प्रतिशत साक्षरता रहेको जिल्लामा ७६ पतिशत पुरुष र ६३ प्रतिशत महिला रहेको छ ।

जिल्लाभर ११ हजार एक सय परिवारमध्ये चार हजार एक सय ३५ परिवारको घर परिसरभित्र धारा रहेको र घरबाहिर धारा ६ हजार तीन सय परिवारको रहेको छ । ७८ परिवारले खला इनार, १० परिवारले ढाकेको इनार, पाँच सय ३७ परिवारले मूलधारा, ६४ परिवारले खोलाको पानीलाई पिउन र खाना पकाउन पयोग गरेको पाइएको तथ्याङ्क अधिकृत दीपेन्दसिंह धामीले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्