• २४ मंसिर २०८१, सोमबार

सुर्यगढी गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाले एकल पुरुषलाई विशेष भत्ता दिने भएको छ ।
सुर्यगढी गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घले तामाङले जानकारी दिए अनुसार पालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा ५५ वर्षदेखि ६७ वर्षसम्मका एकल पुरुष ( विदुर ) का लागि विशेष भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।
त्यसका लागि बजेट बिनियोजन, कार्यक्रमको सुनिश्चिततासहित कार्यविधि निर्माण गरेर भत्ता उपलब्ध गराउन लागेको घलेले बताए । यो निर्णयले ५५ वर्ष उमेर पूरा भएका एकसय भन्दाबढी एकल पुरुष लाभान्वित हुने भएका छन। सुर्यगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ लागि ३८ करोड ५१ लाख ४७ हजार ४ सय ४९ रुपैयाँ पारित गरेको बजेटबाट गाउँपालिकाले जेष्ठ नागरिकहरुको लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाई प्राथमिकता दिई लागु गर्ने भएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता वडा वडामा वितरण गर्ने, जेष्ठ नागरिक सम्मान तथा सद्भाव कार्यक्रमलाई प्रभावकारी बनाउन विशेष कार्यक्रम लागु गरिने भएको छ ।





प्रतिक्रिया दिनुहोस्