• १३ बैशाख २०८३, आईतवार

दुप्चेश्वर गाउँपालिकामा शिक्षकहरुका लागि तीन दिने तालिम सम्पन्न

असार ११ नुवाकोट । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा दुप्चेश्वर गाउँपालिकाको आयोजना, गुड नेवर्स इण्टरनेशनल नेपालको सहयोग र रुडेक नेपालको संयोजनमा शिक्षकहरुका लागि तीन दिने तालिम सम्पन्न भएको छ ।

असार ४ गतेदेखी सुरु गरिएको उक्त तालिममा दुप्चेश्वर गाउँपालिका भित्रका कक्षा ६ देखी १२ सम्म अध्ययन अध्यापन हुने १७ वटा विद्यालयका शिक्षकहरु सहभागिहरुलाई गुड नेवर्स इण्टरनेशनलका नुवाकोट प्रतिनीधि दिपक पौडेलले प्रशिक्षण दिएका थिए ।

दुप्चेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख सीतादेवी शर्माको अध्यक्षता सञ्चालित समापन समारोहमा रुडेक नेपालका अध्यक्ष मिन कुमार केसी, दुप्चेश्वर गाउँपालिका शिक्षा शाखा प्रतिनीधिहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्दै दुप्चेश्वरकी शिक्षा शाखा प्रमुख शर्माले समयानुकुल शिक्षण पद्धति परिवर्तन गर्दै लैजान आवश्यक भएको र त्यसैको सुरुआतका रुपमा यस तालिमलाई लिएको बताइन् ।  त्यसैगरी रुडेक नेपालका अध्यक्ष केसीले अवको जमाना सूचना तथा प्रविधिको भएका कारण यसलाई आत्मसात गरि कक्षा कोठासम्म पुर्याउन शिक्षकहरुले पुलको काम गर्न सक्ने बताएका छन् । अवका दिनहरुमा विद्यालयका कक्षा कोठाहरु स्मार्ट कक्षामा रुपान्तरित हुनुपर्ने उनको तर्क थियो ।  रुडेक नेपाल तथा गुड नेवर्स इण्टरनेशनल शिक्षाको रुपान्तरणमा दुप्चेश्वर गाउँपालिकासँग सहकार्य गर्दै जानेमा प्रतिवद्ध रहेको उनले बताएका छन् ।

कार्यक्रमका सहभागिहरुले यो तालिम निकै उपलब्धि मुलक भएको र अवका दिनमा आआफ्ना विद्यालयलाई यथासम्भव स्मार्ट बनाउँदै लैजाने प्रविवद्धता समेत गरेका छन्। सँगसँगै मन्तब्यका क्रममा दुप्चेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रतिनीधि गोकर्ण प्रसाद गुरागाईंले धुलौटोबाट सुरु भएको शिक्षा पद्धति तीन दशकमा यहाँसम्म आइपुग्नु निकै उपलब्धि पूर्ण भएको र अवका दिनमा अझ परिष्कृत गरि प्रविधियुक्त बनाउँदै लैजान आवश्यक रहेको बताए । त्यसैगरी कार्यक्रमको समापन सत्रमा दुप्चेश्वरका शिक्षा अधिकृत शर्मा र रुडेक नेपालका अध्यक्ष केसीले सहभागिहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्