• ४ चैत्र २०८१, मंगलवार

बेलकोटगढी नगरपालिकामा इन्टरनेटको पहुँच पढ्दै

बेलकोटगढी नगरपालिकाको गाउँ गाउँमा इन्टरनेटको पहुँच बढ्दै गएको छ। ` बेलकोटगढी कम्प्युटर इन्टरनेट एन्ड टि. भि सर्भिस ´ इन्टरनेटको पहुँच विस्तारले प्रयोगकर्ता बढेका छन् भने ग्रामीण क्षेत्रका मानिसको जीवनशैलीसमेत बदलिएको छ । 

मोबाइल फोन, इमेल, इन्टरनेटजस्ता नयाँ–नयाँ प्रविधि र त्यसमा आधारित वर्तमान मानिसको जीवनशैली फेरिएको छ । इन्टरनेटको सुविधा थपेपछि त्यहाँका धेरै सेवाग्राहीलाई स्वदेश तथा परदेशमा कुरा गर्न सजिलो बनाएको छ । “हामीले २०७८ सालमा मैले इन्टरनेट सेवा प्रदान गर्दै गर्दा बेलकोटगढी नगरपालिकाका कर्मचारी ले पत्याउन समेत गारो परेको थियो पहाडी भूभाग सदरमुकामबाट इन्टरनेट ल्याउने कुरा गाह्रो छ भनेर भनेका थिए ।प्रयोगकर्ता एकदमै कम थिए ।मानिसहर इन्टरनेटबाट धेरै टाढा थिए ।अहिले हरेक गाउँका व्यक्तिहरूको घरमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छौं   ।” बेलकोटगढी कम्प्युटर इन्टरनेट एन्ड टि. भि सर्भिसका म्यानेजर आशिष कुमार मिजारले भने। “बेलकोटगढी कम्प्युटर इन्टरनेट एन्ड टि. भि सर्भिस बाट गाउँमा रहेका दुई जना युवाहरुलाई रोजगारी समेत सुनिश्चित भएको छ साथै थप सुविधाहरु इन्टरनेटको साथमा टि. भि साथै कम्प्युटर बिग्रि तथा मर्मत पनि गर्दै आइरहेको छ भने सिसिक्यामारा समेत जडान गर्दै आइरहेको छ । बेलकोटगढी कम्प्युटर इन्टरनेट एन्ड टि. भि सर्भिसले आवश्यक प्राविधिक सहयोग तथा परामर्श बेलकोटगढी नगरपालिका मा निःशुल्क रूपमा गर्दै आइरहेको छ , साथै आगामी दिनहरुमा सार्वजनिक स्थलहरुमा फ्रि वाइफाई वितरण गर्ने योजना रहेको छ ।”

अहिले धेरै जस्तो गाउँका युवाहरु विदेश गएर काम गर्ने सिलसिला बढिरहेको बेलामा घरमा बुवा आमालाई इन्टरनेटबाट प्रत्यक्षरुपमा सम्पर्क गर्न सजिलो भइरहेको छ भनेर अमेरिकामा बस्दै गरेका नवराज भट्ट ले बताउनुभयो ।
बेलकोटगढी आउँदै गर्दा पहाडी भुभाग इन्टरनेटको सेवा सुविधा छैन जस्तो लाग्थ्यो तर बेलकोटगढीमा इन्टरनेटको पहुँच राम्रो भएकाले खाली समयमा लोकसेवा पनि इन्टरनेटको माध्यमबाट पढ्न पाएको कुरा बर्दिया बाट शिक्षण पेशा गर्नलाई माया माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आउनुभएको शिक्षक वासुदेव वाग्लेले बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्