• ९ माघ २०८१, बुधबार

इन्स्पेक्टरले महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको भन्दै छानबिन समिति गठन

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत एक प्रहरी निरीक्षक यतिबेला तनावमा परेका छन्।

उनले एक महिला प्रहरीलाई गरेको म्यासेजका कारण अहिले छानविनको दायरामा तानिएका हुन्। उनले महिला प्रहरीलाई फिगरको फ्यान हुँ भन्दै फोटो पठाउन गरेको म्यासेजका कारण विवादमा तानिएका हुन्।

इन्सपेक्टर तिमिल्सिनाले पठाएको म्यासेज ट्विटरमार्फत उक्त विवरण सार्वजनिक भएलगत्तै कास्की प्रहरीले छानबिन गर्न समिति गठन गरेको छ।

इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत डिएसपी प्रकाश दाहालको संयोजकत्वमा इन्स्पेक्टरदेखि प्रहरी जवानसम्म सदस्य रहेको छानबिन समिति गठन गरेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए।





प्रतिक्रिया दिनुहोस्