
नुवाकोट ,नुवाकोट जिल्ला समन्वयले आयोजना गरेको खुल्ला व्याडमिण्टन प्रतियोगिता गत जेष्ठ १४/१५/१६ गते सम्पन्न भएको थियो भने विजेताहरुलाई सम्मान कार्यक्रम आज सम्पन्न गरिएको छ्।
सम्मान कार्यक्रम नबिन लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथि फैसिङ तामाङ र विशेष अतिथि शनि चित्रकार हुनुहुन्थ्यो।
प्रतियोगिमा कोलोनि व्याडमिण्टन ग्रुपको ए समुहमा प्रथम हुने बिबेक जोशि र प्रोग्रेस श्रेस्ठ , दोस्रो हुने कुमार डंगोल र सुरज लामा साथै तेस्रो हुने चन्दन घले र श्याम महर्जन हुनुहुन्छ भने बि समुहमा प्रथम हुने नरायण दियाली र रोसन अधिकारी , द्वितीय हुने बिकास सिवाकोटि र तृतीय हुने प्रबिन मगर र दिनेश सडौला सहितको खेलाडी हरुलाइ खादा सहित सम्मान गरिएको छ ।
आगामि हुने कुनै कार्यक्रममा बिजेता खेलाडीहरु लाई १२ जना लाई नै सम्मान स्वरुप व्याडमिण्टन सेट उपलब्ध गराउने प्रमुख अतिथि फैसिङ तामाङले घोषणा गर्नु भयो।