नुवाकोट, बिदुर नगरपालिका वडा नम्वर २ को नुवाकोटमा रहेकी कुमारी (जीवित देबी) दिनिशा डंगोललाई १ लाख ३० हजार ६ सय ८० रुपैयाँको रकम उपलब्ध गराउनु भएको छ। यस बर्षको शैक्षिक सहयोग बापतको १ लाख ३० हजार ६ सय ८० रुपैयाँको रकम उपलब्ध गराएको हो । उक्त रकम नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी र वडा अध्यक्ष दीपक कायस्थले उपलब्ध गराउनुभएको हो। नुवाकोटको भैरबी माध्यमिक बिद्यालयमा कक्षा ७ मा अध्ययनरत दिनिशालाई नगरपालिकाले प्रतिमहिना एघार हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ ।