नुवाकोट । करिव सय केजी सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
जिक्वान लिनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । एक क्विन्टल सुन तस्करीमा लिनको भूमिका देखिएको बुझिएको छ ।
उनी तिब्बत एयरमार्फत चीन जान लागेका थिए । राजस्व अनुसन्धान विभागले अध्यागमन विभागलाई रोक्न पत्राचार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई विभागको जिम्मा लगाइएको विमानस्थल स्रोतले जनाएको छ । उनीसँगै सुन तस्करी प्रकरणमा अर्का एक जना नेपाली पनि पक्राउ परेको स्रोतले बतायो ।