• १० बैशाख २०८३, बिहीबार

सोह्रखुट्टेमा सवारी दुर्घटनामा परि नुवाकोटको एक युवकको मृत्यु

नुवाकोट । काठमाण्डौमा बसको ठक्करबाट नुवाकोटको एक युवकको मृत्यु भएको छ। सोह्रखुट्टेको उकालोमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो। बालुवाटारमा बस्दै आएका नुवाकोटको बेलकोटगढी नगरपालिका-९ का २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको हो ।

प्रहरी स्रोतको अनुसार नयाँबजारस्थित पिपुल्स अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
आज बिहान करिब सवा ६ बजे बा४ख ७४११ नम्बरको यात्रीवहाक बसले बा६४प ४९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै सवारीसाधनसहित बस चालकलाई प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिएको छ ।





प्रतिक्रिया दिनुहोस्