• २४ मंसिर २०८१, सोमबार

प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले प्रहरी जवानलाई कुट्दा फुट्यो कानको जालि

नुवाकोट । शनिबार बिहान ८ः३० बजेको समयमा बागमती प्रदेश प्रहरी गण हेटौंडाका गणपति प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले दुईजना सिपाहीलाई कानको जाली फुट्ने गरी कुटपिट गरेपछि गम्भिर प्रश्न उब्जिएको छ । कुटाइ खानेमा जवानद्द्य कुमार भण्डारी र सन्तोष अधिकारी रहेका छन् । खड्काको कुटाईबाट जवान भण्डारीको कानको जाली नै फुटेको छ । प्रहरी नायब महानिरीक्षक किरण राणाले काभ्रे बाट बिना गल्ती तानेर बागमती प्रदेश प्रहरी गण मा राखेको दुई जना प्रहरी लाई गण का प्रहरी उपरीक्षक महेन्द्र खड्का ले नसोधी गण बाट बाहिर गएको भनेर कुटपिट गरेको हुन् ।

एसपी खड्काले कुटेपछि बागमति प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) किरण राणा समेत विवादमा तानिएकी छिन् । किरण राणाको नै आदेशमा अन्यत्र दरबन्दीमा काम गरिरहेका उनीहरुलाई  तानेर गणमा राखिएको थियो ।काभ्रे दरबन्दी भएका उनीहरुलाई गत १६ असारमा डिआईजी राणाले तानेकी थिइन् । गणमा तानेपछि उनीहरुलाई बन्धक जस्तै बनाइएको थियो । कतै पनि निस्किन समेत दिइएको थिएन् ।
जसको परिणाम आज त्यस्तो घटना भयो । काभ्रेका एसपीले घुमुवा राखेका उनीहरुलाई डिआईजी राणाले तानेर गणमा थुनुवालाई जस्तै राखेपछि बिना गल्ती आज एसपी खड्काको कुटाइ खान पर्‍यो ।  

‘बेकार घुमुवा बसेकै कारण गणमा लगेर डिआईजीले थुने,’ पीडित प्रहरी भन्छन्, ‘आज जस्को परिणाम बिना गल्ती कुटाइ खान पर्‍यो । प्रहरी प्रमुखको ध्यान पुगोस् ।’
जिल्लामा सिभिलले  काम गर्ने भनेको एसपीकै निगरानीमा हो । घुमूवाले गल्ती गरे एसपीले करवाही गर्न सक्छ वा घुमूवाको गलत आचरणको सुचना डिआईजीकोमा पुगे एसपीलाई जानकारी गाराएर सचेत गराउन सकिन्छ ।  
अर्थात घुमूवाबाट हटाएर अन्त ड्युटीमा खटाउन पनि सकिन्छ । तर, बागमती प्रदेशका डिआईजी राणाले भने जिल्लाका घुमूवालाई कुनै अपराध बिना गणमा थुनेर यातना दिदै आएकी छन् ।  
हाल उक्त गणमा अझै ६ जना प्रहरी थुनिएका छन् ।  उनीहरुलाई बाहिर समेत निस्किन दिइएको छैन् । मानसिक तनाव दिएर राखिएको स्रोत बताउँछ ।





प्रतिक्रिया दिनुहोस्