• २९ पुष २०८१, सोमबार

कार्य क्षमता र सुरक्षा मुल्याङ्कनमा नुवाकोट जिल्ला प्रहरी कार्यलय पुरस्कृत

नुवाकोट । बागमती प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९।०८० का लागि कार्यालयबाट भएको समग्र मुल्याङकनमा उत्कृष्टको रुपमा पुरस्कृत भएको छ भने बागमती प्रदेश अन्तर्गतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरु बीच भएको बार्षिक कार्य सम्पादन सम्झौतामा उल्लेखित सूचकहरुको कार्यान्वयनको आधारमा नुवाकोट जिल्ला कार्यालय उत्कृष्ट भएको हो।

यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रे सर्बोत्कृष्ट ठहरिएको छ भने जिल्ला प्रहरी कार्यालय धादिङ, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय रामनगर क्रमशः कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका छन् ।सो अवसरमा नुवाकोट जिल्ला प्रहरी प्रमुख रमेश पण्डितले उत्कृष्ट कार्य गर्नुभएको भन्दै उहालाई पुरस्कृत गरिएको थियो । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले पण्डितलाईपुरस्कृत गर्नुभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रदेश कार्यालयले कार्यक्षमता मुल्याङकन सहित जिल्लामा भैरहेको सुरक्षा लगायतका विषयलाई आधार मानेर मुल्याङ्कन गर्ने गरेको छ । सो मुल्याङ्कनका आधारमा जिल्ला प्रहरी कार्यलय उत्कृष्ट ठहरिएको हो ।

नुवाकोट जिल्लामा विगत केही समयअघि मात्रै सरुवा भई आउनु भएका पण्डितको नेतृत्वमा नुवाकोट जिल्लामा सुरक्षा संयन्त्र चुस्त र दुरुस्त रहेको छ भने विभिन्न अपराधमा संलग्न रहेका तर फरार रहेकाहरुलाई पनि प्रहरीले खोजी खोजी पक्राउ गर्दै जिल्ला अदालतलाई बुझाउँदै आएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधबार आयोजना गरेको कार्यक्रममा घोषणा गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्