नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं १० को स्थानीय बलराम भट्टले राधाकृष्ण पशुपालन उद्योग सन्चालन गर्दै आउनुभएको छ। उहाँ बेलकोटगढी न. पा. को घरेलु महासंघको अध्यक्ष पनि हुनुहुन्छ। वि. सं. २०६५ सालमा एस. एल. सि. उतिर्ण गरेका भट्ट व्यबसाय शुरु गर्दा जम्मा १९ बर्षका थिए। भट्टले वि. सं. २०६७ सालमा एकलाख लगानी गरि दुइटा भैशि बाट व्यबसाय शुरु गरेका थिए । भट्टले २०६८ सालबाट नै दुध संकलन र बजारिकरण पनि गर्दै आइरहेका छन भने २०७१ सालमा फर्म दर्ता गरेर संचालनमा ल्याएका हुन्। अहिले उक्त फर्ममा १० वटा गाई तथा भैशिहरु छन्। भट्टको फर्ममा एकजना र डेरीमा दुइ जना गरि तीन जना कामदारहरु पनि छन। एक लाख लगानीबाट पशुपालन फर्म र डेरी शुरु गरेका भट्टले अहिले महिनामा नै डेढ लाख आम्दानी गर्नुहुन्छ्। दूधबाट राम्रो आम्दानी देखेपछि बलराम भट्टले अहिले ६ वटा भैँसी र ६वटा उन्नत जातको जर्सी गाईबाट दैनिक ७० लिटर दूध बजारमा लैजाने गरेका छन्। गाउँका ५० जना युवाले व्यावसायिक रुपमा दूध बिक्री गरेर मासिक ५० हजार भन्दा बढी कमाइ गर्दै आएका छन्। किसानले दैनिक ६ सय ५० लिटर दूध बजारमा पुर्याउने गरेको बलराम भट्टले बताउँछन्। ‘एक करोड त हिसाबै देखिन्छ। योभन्दा धेरै बिक्री हुन्छ’, भट्टले बताए।बजारमा प्रतिलिटर १२० रुपैयाँ सम्ममा बिक्री हुने भए पनि किसानले ल्याक्टो र फ्याटको हिसाबले८० देखि ९५ रुपैयाँ प्रतिलिटरमा सहकारीलाई दूध बेच्दै आएका छन्। “म मासिक डेढ लाख कमाउँछु । आफ्नो घरको ताजा खानेकुरा र सुद्द दुध खान पनि पाएको छु। विदेशमा बगाउने पसिना र श्रम नेपालमा नै गर्न सकियो भने आफू त रोजगार भैन्छ नै अरुलाई पनि रोजगारी दिन सकिन्छ । नेपालमा पनि मनग्य आम्दानी गर्न सकिन्छ्।”भट्टले बताउँनुभयो ” स्थानीय प्रदेश र केन्द्रीय सरकारले कृषि उत्पादन र बजारीकरणमा विशेष ध्यान दिनुपर्छ। कृषि अनुदान बास्तविक किसान पहिचान गरि दिनुपर्छ। “