• २९ माघ २०८१, मंगलवार

नुवाकोट क्रिकेट संघको अध्यक्षमा दुर्गाराज पाठक

नुवाकोट । नुवाकोट क्रिकेट संघको अध्यक्षमा पुनः दुर्गा राज पाठक निर्वाचित हुनुभएको छ । पाठक तेर्सो अधिवेशनमा पनि अध्यक्षमा निर्वाचित हुनुभएको थियो। अाज सम्पन्न चौथो अधिबेशनले पुन : पाठकलाई सर्बसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हाे । अधिबेशनमा उपाध्यक्ष र कोषाध्यक्षबाहेक सबै पदमा सर्बसम्मत भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

उपाध्यक्ष र कोषाध्यक्ष पदमा भएको निर्वाचनमा क्रमश : बिष्णु प्याकुरेल र राजेन्द्र पनेरु आ– आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दे निर्वाचित भए भने सचिवमा करण खतिवडा र सदस्यहरुमा सुरज सिलवाल, अनुजमान श्रेष्ठ ,प्रज्जवल सापकोटा ,उपेन्द्र देबकोटा ,केशब मिश्र , पारस अधिकारी ओमप्रकाश श्रेष्ठ र रामधन ढकाल सर्बसम्मत निर्वाचित भएका छन् । यसअघि विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले अधिवेशनकाे उद्घाटनमा गर्नुभएको थियाे ।
खेलकुख क्षेत्रकाे महत्त्व धेरै रहेकाे बताउदै त्यसमा क्रिकेट अझ महत्त्वपूर्ण खेल भएको मेयर श्रेष्ठले बताउनुभयो। उहाले क्रिकेटको विकासका लागि नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्दता जनाउनु भयो ।





प्रतिक्रिया दिनुहोस्