• २९ बैशाख २०८२, सोमबार

सरकार, नुवाकोटकालाई मन्त्री नबनाइदेउ ! नुवाकोटेलाई पासाङ ल्हामु सडक बनाइदेउ

अशोक तिवारी/काठमाण्डौ । भाग्य भनौं या दुर्भाग्य , नेपालको इतिहासमा अपवाद का बाहेक त्यस्ता सरकार बनेनन जहाँ नुवाकोटका एक दुई माननीय मन्त्री बनेनन । राप्रपा , एमाले , काङ्रेस , माओवादी कुनै दल नछोडि नुवाकोट ले कयौंलाई मन्त्री को रुपमा स्वागत गर्यो तर नुवाकोट उस्तै छ । कति भाग्यमानी नुवाकोट , केन्द्र मा मात्र हैन प्रदेशमा पनि मन्त्री बन्ने होनहार सपुत जन्मायो । बच्चा बच्चा ले पनि गन्दै जाँदा अठार त पुर्याउँछ होला गन्ने मान्ने नुवाकोटे नेता , तथापि विगत बाह्र वर्षदेखि बर्खा नलाग्दो हो त , नुवाकोट जाने पासाङ ल्हामु सडक छ भनि कसरी थाहा हुँदो हो ? पहाडी जिल्लामा सडक भएका ठाउँमा पहिरो जान्छ ।अबरूद हुन्छ। केही घण्टा मा सहजता मिल्छ ।तर हुँदा चल्दा को पासाङ ल्हामु राजमार्ग ले सहजता को लागि बाह्र बर्ष बिताइसक्यो , बाह्र वर्षमा त खोला पनि फर्कन्छ भन्छन , तर पासाङ ल्हामु राजमार्ग फर्कन सकेको छैन ।सायद गणतन्त्र मा राजमार्ग भएकै कारण नफर्केको होला । फर्कन राजतन्त्र नै आउनुपर्ने हो की ? यदी आएन भने ? त्यसैले नाम फेरिदिउँ ‘काठमाण्डौ – त्रिशुली प्रचण्डपथ ‘ अनि मुहार फेर्छ की यो सडक ले । हिजो सय का हाराहारी बस , माइक्रो ढुवानी का साधन राम्रै थियो चलिरहेको थियो । हिजो नुवाकोटमा रानिपौवा को मुला काउली हुँदै गाउँ गाउँ बाट आलु , धान र तरकारी साथै ककनी को पिकनिक स्पट हुँदै होटेल , रेस्टुरेन्ट हुँदै चिसो पानिमा हुर्कने ट्राउट माछा , स्ट्राबेरी , सुन्तला , कागती सम्म फैलिसकेको थियो । दशैं तिहार मा खसी बोका मात्र हैन बोइलर कुखुरा ले उकास्दै थियो नुवाकोट का जनता को आर्थिक स्तर तर, ठप्प छ अहिले , सुनसान छ सडक , थन्किएको छ रानिपौवा र पैंतिस किलोको बजार सायद अब एम्बुलेन्स को साटो हेलिकप्टर बोलाउनुपर्ला बिरामी र गर्भवती नारी को लागी । चन्दा , उपहार ले घर चल्ने नेता ज्यू , जनताले तिर्ने कर ले इन्धन , गाडी , भत्ता बुझ्ने माननिय र मन्त्री ज्यू हिँड्न गल्छी त्रिशुली अनि टोखा छहरे छँदै छ , जनता हिँड्न बाध्य जति पनि तिरेर हिँड्नु नै पर्यो अनि पाँच वर्षमा एक पटक भोट माग्न जान त जसरी नि सकिन्छ ।
आश्वासन बाँड्न , बिकास को आशा देखाउन , जनता मुर्ख बनाउन केही त देखाउनै पर्यो अनि किन बनाउने पासाङ ल्हामु सडक ? सरकार नुवाकोटलाई रुकुम बाँडे झै , नवलपरासी चिरे झै दुई भाग लाइदेउ । देश को ढुकुटी सम्हाल्ने अर्थमन्त्री ले त आफ्नो क्षेत्र मा मात्र बजेट दिएर सांकेतिक रुपमा भाग लाएकै हुन् , थप एक अर्ब सुरुङ भनेर त्यता निकाशा गर्नुभन्दा यसपाली पासाङ ल्हामु पुरा गरौँ, अर्को पटक सुरुङ भन्न सकिन्थ्यो ।गल्ती हाम्रै हो हामीले हाम्रो ठाउँमा गतिलो नेता जन्माउन सकेनौँ, सायद पासाङ ल्हामु प्रयोग गरी घर जाने नेता जन्माउनु पर्थ्यो हामी चुक्यौ।बल्ल बल्ल एक जना प्रदेश मन्त्री भएका थिए काम गरेछन , के गरेछन भन्दा पचास लाख खड्करे खोला मा भवन बनाउन रकम विनियोजन गरेछन । फेरि भर्खरै एक जना नयाँ मन्त्री बन्नु भएछ नुवाकोट को जसले नुवाकोट को भन्दा माहानगर मा बस्ने सुकुम्बासी जनता को चिन्ता गर्दै हुनुहुन्थ्यो भनेपछी अब नुवाकोट ले के आशा राख्नु छ र तसर्थ हाम्रो बिनम्र आग्रह सरकार अब उप्रान्त नुवाकोटकालाई मन्त्री हैन नुवाकोटे जनता लाई पासाङ ल्हामु सडक बनाइदेउ ।





प्रतिक्रिया दिनुहोस्