नुवाकोट , रसुवाको उतरगया गाउँपालिका वडा नम्बर ४ ढुङ्गे बस्तीमा सूचना प्रणाली सेन्सर र साइरन जडान गरिएको छ ।
माथिल्लो भागबाट गइरहेको पहिरोको कारण करिब १०० भन्दा धेरै घरहरू ठुलो जोखिममा रहेको छ । २ वर्षअघिदेखि सुरुवात भएको पहिरो नियमित झरिरहेको भन्ने थियो । भुगर्भविद तथा प्राविधिकहरूको अध्ययन अनुसार तत्काल संरक्षणको काम गर्न पनि कठिनाइ रहेको हुँदा समुदायलाई पूर्वचेतावनिको लागि उत्तर गया गाउँपालिका, युरोपियन युनियनको सहयोगमा, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, पिपुल ईन निड, सेभ द चिल्ड्रेन र स्कट विलसनको साझेदारीमा सञ्चालित प्रतिबद्ध परियोजना र लामलक्ष्मण इनोभेसनको संयुक्त प्रयासमा पहिरो पूर्व सूचना प्रणाली सेन्सर र साइरन जडान भएको छ ।
प्रणाली सञ्चालनको लागि पहिरोको माथिल्लो भागमा २ वटा र तल्लो क्षेत्रमा १ वटा गरी ३ सेन्सर र गाउँको बिचमा साइरन जडान गरिएको छ । उक्त साइरन सोलर मार्फत सञ्चालन हुनेछ ।
सेन्सर राखिएको स्थानमा हलचल हुँदा आफैं साइरन बज्नेछ ।
भने सिस्टममा राखिएको मोबाइल मार्फत र बकस राखिएको स्थानबाट पनि साइरन बजाउन सकिनेछ । प्रणाली भदौ १ र २ गते गरेर जडान सक्किएको छ । जडान पश्चात् गाउँ पालिका अध्यक्ष माधव प्रसाद अर्याल, वडा अध्यक्ष अमर बहादुर बुलुन लगायत समुदायका मानिसहरूलाई प्रणाली सञ्चालन, व्यवस्थापन, संरक्षण र उपयोगिताबारे अभिमुखीकरण गरिएको छ ।। यो समाचार सैलुङ अनलाइनमा छ ।