नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा १ अनुसार राजदूतहरूको नियुक्ति गरेका हुन् ।
जसअनुसार सुधीर भट्टराई फ्रान्स, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स र घनश्याम लम्साल कुवेतको राजदूत नियुक्त भएका छन् ।