• १ माघ २०८१, मंगलवार

नुवाकोटको प्रहरी प्रमुख फेरिए

नुवाकोट – नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ जसमा १ दर्जनभन्दा बढी जिल्लाका इन्चार्ज फेरिएका छन् ।


जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत एसपी रमेश पण्डितको पनि सरुवा गरिएको छ। पण्डितको सरुवा नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा भैरहवा, रुपन्देहीमा भएको छ । एसपी पण्डितको ठाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो अनुसन्धान महाशाखा महाराजगंज काठमाण्डौँमा कार्यरत एसपी संजय सिंह थापा आएका छन्।





प्रतिक्रिया दिनुहोस्