• १ माघ २०८१, मंगलवार

गोरखामा प्रहरी निरीक्षक अधिकारी बने उत्कृष्ट कार्यसम्पादन गर्ने

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले उत्कृष्ट कार्यसम्पादन गर्ने ४९ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । ६८ औ प्रहरी दिवसको अवसरमा गत मंगलबार आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठ, प्रहरी निरीक्षक सुरेन्द्र तामाङ, रवीन्द्र अधिकारी, प्रहरी वरिष्ठ नायव निरीक्षक उत्तमप्रसाद पौडेल, प्रहरी नायव निरीक्षक ओपेन्द्रकुमार शाही, प्रहरी सहायक निरीक्षक बिदुर खत्री, पविता थापा, मन्दिप पौडेल र बसन्त पौडेल रहेका छन् ।

त्यस्तै प्रहरी हवल्दारहरु रविन गुरुङ, टेकबहादुर भण्डारी, सोनी बिक, धनबहादुर थापा, टोपबहादुर पचभैया, ध्रुव थापा र कमानसिंह गुरुङ पनि पुरस्कृत भएका छन् ।

प्रहरी सहायक हवल्दार सूर्यबहादुर दुरा, मधुसुदन विष्ट, जीवन दरै, सुनिल पोखरेल, सुनिला थापा, यमनारायण महतो, हिरालाल चौधरी, नेत्रलाल थनेत र नारायण न्यौपानेलाई पनि पुरस्कृत गरिएको कार्यालयले जनाएको छ ।

प्रहरी जवानहरु घनश्याम ज्ञवाली, नारायण देवकोटा, मिलन राना, कृष्णकुमार ऐर, राजेन्द्र भण्डारी, सुजन थापा, डम्वर पुन मगर, हस्तबहादुर सुनार, तमबहादुर बिक, राम धामी, भुवन लामिछाने, सुमन थापा, बुलबहादुर थापा, कृष्णबहादुर थापा, केशव श्रेष्ठ, दिनेश भण्डारी, कल्पना राना, सुरक्षा परियार, सोनिसा गिरी र नविन थारु पनि पुरस्कृत भएका छन् ।

पुरस्कृत हुने प्रहरी कार्यालय सहयोगीमा घबहादुर आले, रिजय ठाकुर, रामबहादुर आले र सनम तामाङ रहेका छन् ।

दिवसकै अवसर पारेर जिल्ला प्रहरी कार्यालयले अमर प्रहरी परिवारलाई सम्मान गरेको छ ।





प्रतिक्रिया दिनुहोस्