• ३१ असार २०८१, आईतवार

६८ औँ प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

नुवाकोट। ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोट रक्त संचार केन्द्रसँगको समन्वयमा र जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवान प्रहरी कर्मचारीहरु गरी जम्मा ३७ जना प्रहरी कर्मचारीहरूले रक्तदान गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्