• ३ चैत्र २०८१, सोमबार

किस्पाङमा छोराले गरे बुवाको हत्या !

नुवाकोट- नुवाकोटको किस्पाङ गाउँपालिकामा आफ्नै छोराले मादक पदार्थ सेवन गरि बुवाको हत्या गरेका छन् ।

किस्पाङ गाउँपालिका वडा नम्बर ५ पोखरीस्थित आफ्नै घरमा शुक्रवार राती १२ बजे १७ वर्षिय फुलकुमार नेपालीले परिर्वतित नामले बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

हत्या हुनेमा किस्पाङ गाउपालिका वडा नम्बर ५ पोखरी गाउं बस्ने ५५ वर्षिय भरतबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तथा सुचना अधिकारी खगेन्द्रवहादुर खड्काले जानकारी दिए ।

घटनापछि शनिवार जिल्ला प्रहरी कार्यालय अभियुत्त छोरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बाउ छोरा बिच भएको बिबाद बढ्दै जाँदा मदिरा सेवन गरेका छोराले ढोकामा लाउने आग्लोले टाउकोमा प्रहार गरि घांटी थिचि मारेको बताइएको छ ।

त्यस्तै उक्त कार्यमा उनकी श्रीमती संलग्न रहेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । उनीहरु दुबै जनालाई मुलुकी अपराध संहिता २०७४ ज्यान सम्बन्धि कसूरमा अनुसंधान गर्न जिल्ला अदालत नुवाकोटबाट ५ दिन म्याद लिइ अनुसन्धान भैरहेको छ ।





प्रतिक्रिया दिनुहोस्