नुवाकोट- विदुर नगरपालिका, राजस्व तथा उद्योग शाखाको आयोजनामा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, घरेलु उद्योग तथा वाणिज्य कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतका संघ–संस्थाहरुबीच करका सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम विदुरमा सम्पन्न भएको छ ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय तहमा कर संकलनकाे दायरा कसरी बढाउने, प्रभावकारिता लगाएतकाे विषयमा जनप्रतिनिधि, उद्योगि, व्यवसायी , बैंकका प्रतिनिधिको उपस्तिथिमा छलफल तथा अन्तरक्रिया गरीएकाे हाे ।
कार्यक्रममा नगर उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत बिनोदप्रसाद खनाल सहित विभिन्न वडाका वडाध्यक्षहरु, घरेलु तथा बाणिज्य कार्यालयका प्रमुख किशोर सापकोटा, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ,जिल्लामा रहेका बैंक तथा वित्तीय संघसँस्थाहरुको प्रमुख एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।