• १० बैशाख २०८२, बुधबार

एक महिनामा ३२ जना फरार अपराधी पक्राउ गर्न सफल नुवाकोट प्रहरी

बिदुर- जिल्ला प्रहरी कार्यालय नुवाकोटले एक महिनाको अवधिमा ३२ जना फरार अपराधीलाई पक्राउ गरि कानुनको दायरामा ल्याएको छ ।

नुवाकोट जिल्लामा विभिन्न समयमा अपराध गरि अदालतबाट समेत दोषी ठहर भई फरार रहेका मध्ये फागुन महिनामा मात्रै ३२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परेकाहरु बाट २ बर्ष, १० महिना, ७ दिन कैद सजाय र दुईलाख चौबीस हजार आठसय साठी रुपैयां असुल उपर हुने नुवाकोट प्रहरीका प्रबक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

विधिको शासन र कानुनी सर्वोच्चतालाई कायम राख्न तथा दण्डहीनतालाई अन्त्य गरी शान्तिसुरक्षाको अवस्था मजबुत बनाई नागरिकको सुरक्षित तवरले बांच्ने हकलाई कायम राख्न “फरार अपराधी खोजतलाश तथा पक्राउ अभियान” संचालन भईरहेको समेत नुवाकोट प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्