• ४ चैत्र २०८१, मंगलवार

माइली राईलाई यशोदादेवि भगवान सिह के सी मेमोरियल ट्रस्टद्वारा आर्थिक सहयोग

काठमाडौँ- नुवाकोटको लिखु गाउँपालिका –४ रानीटार घर भएका स्वर्गीय पाण्डव राई परीवारलाई यशोदादेवि भगवान सिह के सी मेमोरियल ट्रस्टले आर्थिक सहयोग उपलब्ध गराएको छ । 

शनिबार पशुपति क्षेत्रमा रहेको क्रियापुत्री भवन पुगेर ट्रष्टका संरक्षक तथा प्रतिनिधिसभाका सांसद अर्जुन नरसिंह केसी तथा संस्थाका अध्यक्ष डा. केदार नरसिह केसि तथा महासचिव जगदिश्वर नरसिंह केसि लगायतको उपस्थितिमा राईको परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।

नुवाकोटको लिखु गाउँपालिका –४ रानीटार घर भएर हाल काठमाडौँ खुसिबुँ बस्ने  रिक्सा चालक पाण्डव राईको निधन भई उहाँका पत्नी र छोराले शव जलाउन लाग्ने रकम चार हजार नहुँदा फिर्ता पठाई त्यँही रिक्सामा श्रीमानको शव  तिलगङ्गा विद्युतीय शवदाहगृहमा पुर्याएका थिए । 

उक्त शवको सदगत गराउन लाग्ने रकम नहुँदा दिनभर शव लिएर बस्नुपरेको र समाजसेवी नरोत्तम बैद्यले आवश्यक समन्वय गरेर शवको सदगत गरी आफ्नो धर्मानुसार काज क्रियाका लागि व्यवस्थापन गरिदिएका थिए । 

उक्त परिवारको दयनीय अवस्थालाई मध्यनजर गर्दै स्व पाण्डव राईकी धर्मपत्नी माइली राइलाई १,०३,५२५ (एकलाख तिनहजार पाँच सय पचिँस) रूपैयाँ आर्थिक सहयोग गरिएको सांसद अर्जुन नरसिंह केसीले बताउनुभयो । उहाँले दुखी गरिव तथा पिडादायी अवस्थाका जो कोहीलाई पनि संस्थाले सहयोग गर्दै आईरहेको बताउनुभयो । 





प्रतिक्रिया दिनुहोस्