• २२ मंसिर २०८१, शनिबार

कक्षा ६ र ७ को परिक्षा प्रश्न एउटै ! रंग मात्र फरक

नुवाकोट- तारकेश्वर गाउँपालिकाले तयार गरेको पालिका स्तरीय परिक्षामा दुई वटा कक्षाका लागि एउटै प्रश्न पत्र भएको पाइएकाे छ ।

तारकेश्वर गाउँपालिका स्तरीय वार्षिक परिक्षा २०८० को सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको प्रश्नपत्र कक्षा ६ र ७ को लागि एउटै तयार गरि विद्यार्थीलाई वितरण गरेकाे पाइएकाे छ । अचम्मको कुरा त प्रश्नपत्रमा प्रश्न एउटै छ तर पत्रकाे रंग भने दुई थरी रहेकाे छ ।

सामाजिक संजालमा गाउँपालिकाको उक्त कार्यको चर्को विरोध जनाइएको छ । शिक्षा जस्तो संबेदनसिल कुरामा गाउँपालिका सचेत हुनेपर्ने भन्दै विरोध जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्