• २ फाल्गुन २०८१, शुक्रबार

हिलोका कारण गजुरी–खानीखोला सडकखण्ड घण्टौँ जाम !

काठमाडौं । धादिङको गजुरी–खानीखोला सडकखण्डमा बिहीबार बिहानदेखि नै सवारी साधन हिलोमा फसेका कारण काठमाडौं भित्रिने र बाहिरिने मुख्य नाका प्रभावित भएको छ । गल्छी क्षेत्रमा विस्तार गरिएको सडकका कारण सास्ती भएको हो ।

अहिले सो क्षेत्रमा लामो जाम परेको छ । काठमाडौंदेखि बाहिने र भित्रिने सवारी साधन गजुरी–खानीखोला सडक खण्डको जाममा फसेका हुन् ।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख इन्स्पेक्टर देवेन्द्र शाहका अनुसार नागढुंगा, नौबिसे–मुग्लिन सडकखण्ड निर्माणका क्रममा खनिएको सडकमा पानी पर्दा लेदो निस्किएपछि सवारी साधन जाममा परेका हुन् ।





प्रतिक्रिया दिनुहोस्