विदुर- विदुरनगरपालिका वडा नम्बर १२ भट्टगाउँ छापका आगलागी पीडित रामचन्द्र तामाङको परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गरेको छ । बिहिबार मेयर राजन श्रेष्ठले तामाङको श्रीमतीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
तामाङको घरमा केही दिनअघि आगलागी भई दुइ कोठे घरमा क्षति पुगेपछि पीडित भएका उनीहरुको परिवारलाई तत्काल राहत स्वरुप नगरपालिकाको तर्फबाट नगद रु ५० हजार रुपैया प्रदान गरिएको मेयर श्रेष्ठले बताए ।