नुवाकोट- काठमाडौं उपत्यकामा खटिएका १०८ जना घुमुवा (सादा पोशाक) का प्रहरी हटाइएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि तीन वटै परिसर, वृत्तहरू, ट्राफिक, विमानस्थल प्रहरी गरी १०८ जना सादा पोशाकका प्रहरीलाई हटाइएको हो ।
गृहमन्त्री लामिछानेले बिहीबार निर्देशन दिएपछि प्रहरी हेडक्वाटरले परिपत्र गर्दै सादा पोशाकका प्रहरीलाई हटाउन परिपत्र गरेको थियो । त्यससंगै अन्य जिल्लामा रहेका घुमुवा प्रहरीलाई पनि नियमित ड्युटीमा खटाउन सकिने सम्भावना रहेको श्रोतले जनाएको छ ।
हेडक्वाटरको परिपत्र आएपछि उपत्यकाका १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।