नुवाकोट- १९ दिनदेखि नुवाकोट जिल्ला प्रहरी प्रमुखविहीन बनेको छ । सुन तस्करी जाँचबुझ आयोगको कारबाही सिफारिसपछि नुवाकोटका एसपी सञ्जयसिंह थापा प्रहरी प्रधान कार्यालय तानिएका थिए । त्यसयता नुवाकोट प्रहरी प्रमुखबिहीन बनेको छ ।
२ चैतमा जिम्मेवारी खोस्दै एसपी थापालाई प्रहरी हेडक्वाटर तानिएको थियो । एसपी थापा प्रहरी हेडक्वाटर तानिएको १९ दिन बितिसकेको छ । तर अहिलेसम्म प्रहरी प्रधान कार्यालयले नुवाकोटको एसपीमा कसैलाई पठाएको छैन ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकाल भने जतिसक्दो चाँडो प्रहरी प्रमुख पठाउने तयारीमा प्रहरी प्रधान कार्यालय रहेको दाबी गर्छन् ।