• ११ असार २०८३, बिहीबार

नौकुण्ड गाउँपालिका अध्यक्ष मानव बेचबिखनको आरोपमा पक्राउ

नुवाकोट– रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङबो घले मानव बेचबिखन मुद्दामा फरार अभियुक्त रहेको खुलेको छ । प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो ।

२०७३ सालमा एक युवतीलाई कुवेत लैजाने भन्दै उनले श्रीलंका लगेर अलपत्र बनाएका थिए । जसमा घले त्यसबेलादेखि नै फरार रहेदै आएको खुलेको छ । दुई वर्षअघिको निर्वाचनमा घले नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। मानव बेचबिखन अनुसन्धान ब्यूरोले घलेलाई पक्राउ गरेको हो ।





प्रतिक्रिया दिनुहोस्