विदुर- नुवाकोटकाे प्रहरी प्रमुख एसपी शान्तिराज कोईरालाले पदभार ग्रहण गरेका छन ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको चैत २३ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय नुवाकोटमा तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषाबाट सरूवा भई आएका प्रहरी उपरीक्षक कोईरालाले जिल्ला प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गरेका हुन ।
पदभार ग्रहण पश्चात जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत प्रहरी नायव उपरीक्षक तिलक भारतीले स्वागत मन्तव्य राखेका थिए । प्रहरी उपरीक्षक शान्तिराज कोईरालाले उपस्थित सिनियर प्रहरी अधिकृत, जुनियर तथा मातहत प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिएका थिए ।