• २६ असार २०८१, मंगलवार

विदुर नगरपालिकाद्वारा जिल्ला प्रहरी कार्यालयलाई तीन थान कम्प्युटर प्रदान

नुवाकोट- विदुर नगरपालिकाले जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई तीन थान कम्प्युटर प्रदान गरेको छ । मंगलबार नगरपालिकाको तर्फबाट नगरप्रमुख राजन श्रेष्ठले उक्त कम्प्युटर प्रदान गरेका हुन ।

नगरपालिकाको उक्त सहयोगबाट जिल्ला प्रहरी कार्यालयको सेवा प्रवाहमा प्रविधि मैत्री बनाउन उल्लेख्य सहयोग पुग्ने विश्वासका साथ कम्प्युटर प्रदान गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।

सोही अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रमुखको जिम्मेवारीका साथ आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई  नगरप्रमुखले स्वागतसहित कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेका छन ।





प्रतिक्रिया दिनुहोस्