विदुर- नुवाकोट-काठमाडौ आवत जावतको लागि सहज र छोटो मार्गको रुपमा संचालनमा आएको छहरे-टोखा सडकमा चल्ने विद्युतिय माइक्रोबसले मनोमानी रुपमा भाडा लिने गरेको पाइएको छ ।
छोटो समयमा नै आम यात्रुको रोजाइमा परेको विद्युतिय माइक्रोबसले भाडा भने मनोमानी रुपमा उठाउने गरेको पाइएकाे छ । काठमाडौ माछापोखरीबाट २९ किलोमीटरको दुरिमा रहेको छहरे बजारसम्मको भाडा ३०० लिएपछि स्थानीयले त्यसका विरुद्धमा बुधबार माइक्रोबसलाई स्थानीयले पक्राउ गरेरा जिल्ला प्रशासन कार्यलयमा बुझाएका छ्न ।
केही समय आगाडी देखि नै मनोमानी रुपमा भाडा लिदै आएको विद्युतिय माइक्रोबस र कम्पनिले पेट्रोल गाडिले भन्दा धेरै भाडा लिएको प्रती स्थानियको आपत्ति रहदै आएको थियो । ४३ किलोमीटर दुरिको भाडा ३५० र २९ किलोमीटरको दुरिमा रहेको छहरे बजारसम्मको लागि ३०० लिग्दापनी ट्राफिक प्रहरी भने मौन रहदै आएको स्थानीयको आरोप छ ।