नुवाकोट– बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पञ्चकन्या गाउँपालिका प्रथम भएको छ ।
म्यागङ गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा दुप्चेश्वरलाई पञ्चकन्याले हाराउँदै उपाधी हासिल गरेको हो ।
प्रतियोगिताका प्रथमले उपाधिसँगै तीन लाख तीन हजार ३३३ रुपैयाँ, द्वितीयले दुई लाख दुई हजार २२२ रुपैयाँ र तृतीयले ५० हजार ५५५ रुपैयाँ प्राप्त गरे ।
विजेताहरुलाई पूर्वमन्त्री बहादुरसिंह लामा, सांसद रमेशकुमार महत, गाउँपालिका उपाध्यक्ष सीता तामाङले संयुक्तरुपमा पुरस्कार, प्रमाण, मेडल र ट्रफी प्रदान गरे ।
प्रतियोगिता वैशाख ७ गतेदेखि आज १२ गतेसम्म सामरीको जालपादेवी खेलमैदानमा भएको थियो ।