• २ फाल्गुन २०८१, शुक्रबार

मानव बेचबिखन मुद्दामा २६ वर्षदेखी फरार दुप्चेश्वर गाउँपालिकाका तामाङ पक्राउ

विदुर- २६ बर्ष देखि फरार रहेका मानब बेचबिखन तथा ओसारपसार मुद्दाको  प्रतिवादी पक्राउ परेका छ्न । मकवानपुर जिल्ला अदालतको मिति २०५५।१०।१९ गतेको फैसलाले ९ वर्ष ७ महिना १० दिन कैद तोकि फरार रहेका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी जिल्ला नुवाकोट साबिक बेतिनी गा.बि.स. वडा नं.०७ हाल दुप्चेश्वर गाँउपालिका वडा नं. ०४ बस्ने वर्ष ५५ को राम बहादुर भन्ने जंग बहादुर तामाङ पक्राउ परेका हुन ।

तामाङलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा  वैशाख १२ गते बेलुका ६ बजेको समयमा तादी गाँउपालिका वडा नं.०४ सातबिसे स्थितमा लुकीछिपी हिडि रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

तामाङलाई १३ गते नुवाकोट जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्