नुवाकोट– स्थानीय तह म्यागङ गाउँपालिकामा अध्यक्ष नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
गाउँपालिका अध्यक्ष आशा तामाङको स्वास्थ्य खराब भएसँगै गत वैशाख २ गतेदेखि टिचिङ हस्पिटल काठमाडौंमा उपचारत रहेको प्रमुख प्रशासकीय अधिकृत नविन गङतान लामाले जानकारी दिए । अध्यक्ष तामाङ जण्डिसको बिरामी भएर उपचारत रहेको उनले बताए ।
अध्यक्ष अनुपस्थित हुदाँ उपाध्यक्ष वा सदस्यलाई कार्यवाहक अध्यक्ष कसैलाई जिम्मेवारी नदिईएको जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ बमोजिम १५ दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने पर्नेछ ।