• २९ बैशाख २०८२, सोमबार

सूर्यगढीले ल्यायो ४२ करोड ५२ लाख २३ हजार रुपैयाँ बजेट

नुवाकोट– सुर्यगढी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ४२ करोड ५२ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शनिबार १५ औं गाउँसभा बैठकमा गाउँपलिकाकी उपाध्यक्ष मञ्जु बुढाथोकीले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट र विनियोजन विधेयक पेश गरेकी थिइन् ।

गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ ।

निर्माणाधिन १० श्यैयाको अस्पतालको लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरि सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्यको थालनी गरिने नीति तथा कार्यक्रम उल्लेख छ ।





प्रतिक्रिया दिनुहोस्