• २१ मंसिर २०८२, शनिबार

गोसाइँकुण्ड मेला अवधिभर पदमार्गमा सञ्चालित होटलका लागि दररेट निर्धारण

रसुवा– गोसाइँकुण्ड मेला सुरु भए लगत्तै पदमार्गमा सञ्चालित होटलका लागि मेला अवधिभर मात्र लागू हुने दररेट निर्धारण गरिएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा सहायक प्रमुख सरस्वती अधिकारीको सयोजकत्वमा जनै पूर्णिमा २०८१ सालको अवसरमा आयोजित गोसाईकुण्ड मेलाको लागि घट्टेखोला देखि गोसाईकुण्डसम्म को पदमार्गमा रहेका होटल/ थर्फु चिया ,खाना, घोडाचढी र बासको दररेट समन्धमा मूल्य सूची सार्वजनिक गरिएको थियो।

लाङटाङ राष्ट्रिय निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलका लागि मूल्य सूची निर्धारण गरिएको हो । धुञ्चे गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलको मूल्य सूचीमा एकरूपता नभएका कारण यात्रु ठगिएको गुनासो आएपछि निकुञ्जले मूल्य सूची निर्धारण गरेको हो ।

उक्त जानकारीका अनुसार पदमार्गको घट्टेखोला, खेन्दी, देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविना र गोसाइँकुण्डका लागि छुट्टाछुट्टै मूल्य तोकिएको छ ।

साथै अस्थायी पसल/थर्पु राख्ने बापत घट्टेखोला देखि चन्दनबारी सम्म रु १५ सय र चोलाङपाटी देखि गोसाईकुण्ड सम्म रु २ हजार निर्धारण गरिएको छ। धुञ्चे गोसाइँकुण्ड पदमार्गमा १३ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा रहेका छन् । जसमा ‘क’ वर्गको २, ‘ख’ वर्गको ८ र ‘ग’ वर्गको ३ वटा छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको जग्गामा निर्माण भएका होटल लज तथा चिया पसलले तोकिएको मूल्य भन्दा बढी लिएको पाइएमा कारबाही गरिने छ ।





प्रतिक्रिया दिनुहोस्