• ९ माघ २०८१, बुधबार

दुई महिनामा करिब चार अर्बका १६ सय ईभी भित्र्याइयो

काठमाडौं- चालु आर्थिक वर्षको दुई महिनामा एक हजार ६०२ विद्युतीय सवारी (ईभी) आयात भएका छन् । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौ महिनामा सो ईभी आयात गरिएको हो ।

तीन अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबरका ईभीबाट सरकारले दुई अर्ब ३१ करोड २२ लाख चार हजार रुपैयाँ राजस्व उठाएको छ ।

सबैभन्दा धेरै ५१ देखि एक सय किलोवाट क्षमताका विद्युतीय जीप, कार तथा भ्यान ९३८ वटा आयात भएका छन् । यस्तै, शून्यदेखि ५० किलोवाट क्षमताका ५६० ईभी नेपाल भित्र्याइएको छ । 





प्रतिक्रिया दिनुहोस्