• २१ मंसिर २०८२, शनिबार

आज दशैँको सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइदै

नुवाकोट- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले फूलपातीको शुभ साइत फूलपाती तलेजुभवानी यात्रा बिहान ७ बजेर ११ मिनेटमा र स्थिरासन विहान ८ बजेर ४३ मिनेटमा रहेको जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस्