काठमाडौं- प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको भन्दै सूचना निकालेको छ ।
विभिन्न मितिदेखि उनीहरू आफूखुशी कार्यालयमा गैरहाजिर रहेको भन्दै कार्यालयले ७ दिने सूचना जारी गर्दै सम्पर्कमा आउन भनेको हो ।
कार्यालयले आइतबार जारी गरेको सूचनामा स्पष्टीकरणसहित ७ दिनभित्र सम्पर्कमा नआएमा सेवाबाट हटाउने कारबाही हुने उल्लेख गरिएको छ ।
