• २१ मंसिर २०८१, शुक्रबार

जुवा खेलिरहेको अवस्थामा नुवाकोटका आचार्यसहित २१ जना पक्राउ

काठमाडौं। बुढानिलकण्ठ नगरपालिका ११ लसुनडाँडा भन्ने स्थानमा जुवा (ओखर) खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका पैयुटार बस्ने नुवाकोट तादी गाउँपालिका ४ घर भएका २६ वर्षीय सुबास आचार्य समेत २१ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख २४ हजार ७ सय ५० रूपैयाँ र ओखर १३ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस्