• ३ चैत्र २०८१, सोमबार

मुख्यमन्त्री लामाद्धारा म्यागङको प्रशासकीय भवन उद्घाटन

नुवाकोट- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले म्यागङ गाउँपालिकाको मानेब्लेमा नवनिर्मित गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका छन् ।

बुधबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री लामाले म्यागङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका हुन् । मुख्यमन्त्री लामाले गाउँपालिकाको भवन निर्माणसँगै सेवाग्राहीलाई सहजरुपमा सेवा सुविधा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उक्त भवनको लागत सात करोड ३६ लाख २१ हजार ५५२ रुपैयाँमा रहेको गाउँपालिका अध्यक्ष आशा तामाङले जानकारी दिए ।

यसघि गाउँपालिकाले देउरालीबाट सेवा प्रवाह गर्दै आईरहेका थिए ।





प्रतिक्रिया दिनुहोस्