समिर कुमार अधिकारी द्रुपद
माघ १६, काठमाडौं – मण्डली भूपू विद्यार्थी क्लबको कार्यसमिति निर्णय अनुसार, २०८१ माघ १९ गते शनिवार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा र टाइनी सीड्स प्री स्कूलको सहकार्यमा क्लबले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ।
रक्तदान हो जीवन दान, यही हो ठूलो पुण्य काम
हामिले दिएको रगत नै, हुन्छ कसैलाई जीवन दान
मानव रगतको विकल्प तयार भइ नसकेको आजको दिनमा तपाईं हामिले दिएको रगत नै उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीलाई अमृत समान हुन्छ ।
रक्तदान जिबन दान कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो । हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने रु हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । कुनै बेला हामी आफैलाई रगत चाहिँदा कसले दिन्छ रु त्यसैले रक्तदान गरौं र अमूल्य जीवन बचाऔं।
त्यसैले २०८१ माघ १८ गते शुक्रबार टाइनी सीड्स प्री स्कूल, खुसिबुं ९छहारी सहकारी र चस्मति पुल नजिकैविहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुन गैरहेको रक्तदान कार्यक्रममा सहभागी हुनुभई रक्तदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
कार्यक्रमको विवरण
स्थानस् टाइनी सीड्स प्री स्कूल, खुसिबुं ९छहारी सहकारी र चस्मति पुल नजिकै
सयम बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म
नियमित रक्तदानका फाइदाहरू
१। स्वास्थ्य सुधारमा सहयोगस्
रक्तदानले शरीरमा रगतको नयाँ कोशिका उत्पादनलाई प्रोत्साहन गर्छ।
रक्तदान पछि नयाँ रगत उत्पादन हुँदा शरीर स्वस्थ रहन्छ।
२। हृदय रोगको जोखिम घट्छस्
शरीरमा फलामको मात्रा सन्तुलित राख्न सहयोग गर्छ, जसले हृदय सम्बन्धी समस्याहरू कम गर्न सक्छ।
३। क्यालोरी जलाउँछस्
एक पटक रक्तदान गर्दा ६५० क्यालोरीसम्म जल्न सक्छ।
४। रक्तचाप सन्तुलनमा मद्दतस्
उच्च रक्तचाप भएका व्यक्तिहरूलाई रक्तदानले दबाब सन्तुलनमा राख्न मद्दत गर्छ।
५ क्यान्सरको जोखिम कम हुन्छस्
फलामको मात्रा सन्तुलन हुँदा शरीरमा क्यान्सरको सम्भावना घट्न सक्छ।
६। मनोवैज्ञानिक फाइदास्
अरुको जीवन बचाउन पाउँदा आत्मसन्तुष्टि र मानसिक शान्ति मिल्छ ।
७। निःशुल्क स्वास्थ्य परीक्षणस्
रक्तदान गर्दा रगतको समूह, हेमोग्लोबिन र अन्य रोगहरूको निःशुल्क परीक्षण हुन्छ।
८। समाजसेवामा योगदानस्
तपाईंको रक्तले कसैको जीवन बचाउन सक्ने भएकाले समाजमा सकारात्मक योगदान पुर्याउन सकिन्छ।