• ६ चैत्र २०८१, बिहीबार

अमेरिकामा ६४ जना सवार विमानसेनाको हेलिकोप्टरसँग ठोक्कियो

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकन एअरलाइन्सको विमान आकाशमै हेलिकोप्टरसँग ठोक्किएर दुर्घटनामा संघीय उड्डयन प्रशासनले जनाएको छ । अमेरिकन एअरलाइन्सको विमान आकाशमै सेनाको हेलिकोप्टरसँग ठोक्किएपछि रेगन वाशिंगटन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा खसेको बीबीसीले जनाएको छ ।

स्थानीय समय अनुसार राति ९ बजे रेगन वाशिंगटन राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको हो । दुर्घटनाग्रस्त अमेरिकन एअरलाइन्सको विमानमा ६० यात्रु र चालक दलका चार जना सवार थिए । यस्तै सेनाको हेलिकोप्टरमा तीन अमेरिकी सैनिक सवार रहेको बीबीसीले उल्लेख गरेको छ ।

दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको संघीय उड्डयन प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । दुर्घटनापछि विमानस्थलका सम्पूर्ण उडानलाई तत्कालका लागि राकिएको रेगन विमानस्थलले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस्