• ३ चैत्र २०८१, सोमबार

मन्डली भु.पु विद्यार्थी क्लवले आयाेजना गरेकाे रक्तदान कार्यक्रम सुसम्पन्न

समिर कुमार अधिकारी (द्रुपद)
काठमाडौँ, १९ माघ २०८१
मन्डली भु.पु विद्यार्थी क्लवकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ उक्त कार्यक्रममा २०जनाले रक्तदान गरेका छन्

रक्तदान कार्यक्रममा मन्डली भु.पु विद्यार्थी क्लवकाे आजीवन सदस्य ध्रुव सिम्खडा ज्युले उद्घाटन गर्नुभएकाे थियाे
। उक्त रक्तदान कार्यक्रममा २० जना रक्तदाताहरुले रक्तदान गर्नुभएका थियाे साथै ट्रेकिङ एजेन्सी एसाेसिएसन अफ नेपाल (टान) का पर्व अध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी ज्वती अधिकारी ज्यु पनि रक्तदान गर्नुभएकाे थियाे भने यसैगरी यस रक्तदान कार्यक्रममा धादिङ जिल्लाकाे सभापति दल बहादुर अधिकारी मन्डली माध्यामिक विद्यालयका भुतपुर्व शिक्षक ध्रुव बानियाँ मन्डली भु.पु विद्यार्थी क्लवका भुतपुर्व अध्यक्ष अर्जुन सिम्खडा भु.पु विद्यार्थी क्लवका निवर्तमान अध्यक्ष श्रिराम अधिकारी समाजसेवी रामप्रसाद सापकाेटा ज्युले पनि रक्तदान कार्यक्रममा उपस्थित जनाउनुभएकाे थियाे।


साथै यस मन्डली भु.पु विद्यार्थी क्लवले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा टाईनी सिड्स प्री स्कुल छहारी बचत तथा ऋण सहकारी संस्थाले सहयोग गर्नुभएकाे थियाे।
उक्त कार्यक्रममा रक्तदान प्रदान गर्ने रक्तदाताहरुलाई मन्डली भु.पु विद्यार्थी क्लवका भु.पु अध्यक्ष ज्युले प्रशंसा पत्र वितरण गर्नुभएको थियो ।





प्रतिक्रिया दिनुहोस्