• १ फाल्गुन २०८१, बिहीबार

मन्डली मा.वि मा सरस्वती पुजा गर्ने भक्तजनहरुको घुईचो ( फाेटाेफिचर )

समिर कुमार अधिकारी ( द्रुपद )
काठमाडौँ २१ माघ २०८१
आज माघ शुक्ल पञ्चमी: वसन्त श्रवण सरस्वती पूजा प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।

उक्त सरस्वती पुजाका दिन धादिङ जिल्ला गङ्गाजमुना गाउँपालिका वडा नं ५ मन्डली माध्यमिक विद्यालयमा आज सरस्वती पुजा गर्ने भक्तजनहरुको घुईलो लागेको छ। विद्यालय परिसर भित्र पुजा गर्न विद्यार्थी,अभिभावक, शिक्षक तथा अन्य उपस्थित गरि करिब ३०० जना भक्तजनहरु पुजा गर्न आएका थिए।

वडा नं ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारी ले जानकारी दिए अनुसार
भर्खर मात्र मन्डली माध्यमिक विद्यालयमा निर्माण भैरहेको सरस्वती मन्दिर निर्माणमा करिब ४ लाख लागत लाग्न सक्ने बताएका छन्।

सरस्वती पूजा महत्त्व
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ ।

यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भइ विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
सरस्वती मन्दिरको आवश्यकता

सरस्वती मन्दिरको आवश्यकता धेरै कारणले महत्त्वपूर्ण छ, विशेषतः शैक्षिक, सांस्कृतिक, धार्मिक, र सामाजिक दृष्टिकोणले।

१। शैक्षिक महत्त्व

सरस्वती देवीलाई विद्या, ज्ञान, संगीत, र कलाको देवी मानिन्छ। विद्यालय, कलेज, तथा शैक्षिक संस्थाहरू नजिक सरस्वती मन्दिर हुनु शिक्षार्थी तथा विद्वान्हरूका लागि प्रेरणाको स्रोत बन्छ। विद्यार्थीहरू आफ्नो अध्ययनमा सफलता प्राप्त गर्नका लागि यहाँ पूजा गर्छन्।

२। धार्मिक तथा आध्यात्मिक महत्त्व

सरस्वती मन्दिर धार्मिक आस्थाका लागि महत्त्वपूर्ण हुन्छ। विशेष गरी सरस्वती पूजाको दिन ९वसन्त पञ्चमी० मा लाखौँ भक्तजनहरू ज्ञानको देवीको आराधना गर्न मन्दिरमा जान्छन्। यसले भक्तजनहरूलाई आध्यात्मिक शान्ति दिन्छ।

३। सांस्कृतिक संरक्षण

नेपाल तथा हिन्दू संस्कृतिमा सरस्वती पूजा महत्वपूर्ण चाड हो। मन्दिरले परम्परा तथा संस्कृतिको संरक्षण गर्छ र नयाँ पुस्तालाई हाम्रो संस्कृतिबारे सिक्न प्रेरित गर्छ।

४। सामाजिक एकता र सभ्यता प्रवर्द्धन

सरस्वती मन्दिरमा हुने कार्यक्रमहरूले समुदायलाई एकताबद्ध गर्छ। विभिन्न जाति, धर्म, र समुदायका व्यक्तिहरू यहाँ भेला भएर ज्ञान र शिक्षाको महत्त्वबारे सचेत हुन्छन्।

५। बालबालिकामा सकारात्मक प्रभाव

शिक्षा र ज्ञानप्रति रुचि जगाउन सरस्वती मन्दिरको विशेष भूमिका हुन्छ। अभिभावकहरू आफ्ना छोराछोरीलाई मन्दिरमा ल्याएर पढाइमा ध्यान दिन प्रेरित गर्छन्।





प्रतिक्रिया दिनुहोस्